काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौं बैठक सम्पन्न भएको छ । बुधबार बिहान सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महत्वपूर्ण संबोधन गर्नुभएको छ । बैठकले ७ वटा एजेन्डा स्वीकृत गरेको छ ।
ती एजेन्डाहरुमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, सरकारको कामको समग्र समीक्षा सम्बन्धमा, पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा र एममसीसी रहेका छन् ।
यसका अतिरिक्त रुकुम घटना, नागरिकता बिधेयक र संघीय संसदका सदस्यहरुको भत्ताका सम्बन्धमा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । स्थायी समितिको बैठक असार १२ गते बस्ने भएको छ ।