Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिल्लीको संसद भवनमा कोरोनाले ल्यायो अराजकता, ४०० भन्दा बढी कर्मचारी संक्रमित


    आइतबार, पुष २५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँ दिल्ली । कोरोना भाइरसले भारतको राजधानी दिल्लीमा हंगामा मच्चाउन थालेको छ ।  संक्रमण संसद भवनसम्म पुगेको छ, जसमा ४०० भन्दा बढी कर्मचारीमा संक्रमण देखिएको छ ।  

    रिपोर्टका अनुसार जनवरी ६ र ७ गते संसदमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीको कोभिड परीक्षण भएको थियो, जसमा चार सयभन्दा बढीको रिपोर्ट पोजेटिभ आएको थियो ।

    पछिल्लो समय देशभर कोरोना तिब्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९ सय ८६ नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ सङ्क्रमित आएपछि देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ७२ हजार १६९ पुगेको छ ।

    एक दिन अघि अर्थात् शुक्रबार १ लाख १७ हजार १ सयमा कोरोना संक्रमण देखिएको स्वास्थ्य विभागको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा देशमा दैनिक कोरोना संक्रमितको संख्या २१ प्रतिशतले बढेको छ । योसँगै दिल्लीमा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ । एकै दिन तीन हजारले संक्रमित थपिएका छन् । हाल दिल्लीमा सक्रिय कोरोना संक्रमितको संख्या ४८१७८ पुगेको छ ।

    संक्रमणको मामिलामा महाराष्ट्र फेरि शीर्ष स्थानमा छ। पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ४१ हजार ४३४ नयाँ कोरोना संक्रमित थपिएका छन् । यस क्रममा १३ जनाको मृत्यु पनि भएको छ । यही कारणले गर्दा महाराष्ट्रमा उद्धव सरकारबाट कडा प्रतिबन्ध लगाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार