काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् ।
शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कार्की आइसोलेसनमा बसेका हुन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । उनले भेटघाट सबै बन्द गरेको उनको सचिवालयले जनाएको छ।
माओवादीका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइशोलेसनमा बसेका छन्।