Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा-ओली भेटवार्ता: होला त संसद् गतिरोधको अन्त्य ?


    आइतबार, पुष २५ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेद्वारा संसद् बैठक सञ्चालनमा गरिँदै आएको अवरोध अन्त्य गर्न राखेको प्रस्तावलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।

    ओलीले संसद् बैठक अवरुद्ध हुनुमा एमालेको नभई सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेकाले उनले निकास नदिएसम्म तत्काल गतिरोध अन्त्य नहुने बताएका छन्।

    ‘संसद् एमालेका कारण अवरुद्ध भएको होइन, संसदीय मूल्यमान्यताविपरीत सभामुख उभिएपछि त्यसलाई सच्याउन हामीले बैठक सञ्चालनमा अवरोध गर्नुपरेको हो, सभामुखले निकास दिए गतिरोध अन्त्य हुन्छ’, एमाले अध्यक्ष ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको आग्रहलाई अस्वीकार नै गरेको भन्न मिल्दैन तर संसद्मा गतिरोध उत्पन्न हुनुमा सभामुख बाधक छन्।

    यो कुरा प्रधानमन्त्रीलाई पनि थाहा छ। सभामुखले आफ्नो त्रुटि सच्याउनुपर्नेमा एमालेको अडान यथावत् छ भन्ने कुरा अध्यक्षले भन्नुभएको छ।भेटवार्तालाई सकारात्मक रुपमा लिइएको छ। यसको अर्थ एमाले आफ्नो अडानबाट पछि हट्यो भन्ने होइन।’  

    ओलीनिकट स्रोतका अनुसार संसद्को गतिरोध अन्त्य गरौं भन्ने प्रधानमन्त्रीको प्रस्तावलाई सिधै अस्वीकार गरेको भन्न मिल्दैन तर एमालेको माग पूरा नहुँदासम्म संसद् चल्दैन। नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार