Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्मला पन्त हत्या प्रकरण: पक्राउ परेका भारतीय नागरिक एक हजार धरौटीमा छुुटे


    शनिबार, पुष २४ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका भारतीय नागरिक धरौटीमा छुटेका छन् ।

    स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

    यद्यपि कञ्चनपुर प्रहरीले भने उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो ।

    उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो, तर प्रहरीले भने यस विषयमा बोलेको छैन । निर्मलाको साढे तीन बर्षअघि बलात्कारपछि हत्या भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार