Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज पुस २४ गते शनिवारको राशिफल


    शनिबार, पुष २४ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ  आज मिति २०७८ साल पुस २४ गते शनिवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ । यात्रा र घुमफिरको योग पनि छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ र ताकेको कार्य पुरा होला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साँझमा भने धन खर्च बढ्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होलान् । सन्तान सुख पनि मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार