काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन चुनावी अभियान सञ्चालन गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु, केन्द्रीय समिति, संघीय परिषद् सदस्यहरु, प्रदेश समिति विशेष प्रदेश समिति ,पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला समन्वय समितिलाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलहरुसँग समन्वय गरी चुनाव अभियान सञ्चालन गर्न निर्देशन जारी गरेका हुन् ।
‘२०७४ साल माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राजमो, नेपाल, सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचनमा विजय गराउन र प्रदेश जिल्ला लगायत स्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्नु हुनको लागि पार्टीको तर्फबाट यो निर्देशन जारी गरिएको छ’ यादवले जारी गरेको निर्देशनमा भनिएको छ ।
विभिन्न प्रदेशहरुमा पार्टी-पार्टीबीच समन्वय गर्नका लागि गठवन्धनमा रहेका विभिन्न दलहरुको तर्फबाट पार्टी नेतृत्वहरुलाई जिम्मेवारी तोकिएकोसमेत यादवले जानकारी गरेका छन् ।
चुनावी अभियान सञ्चालन गर्न गठबन्धनका प्रतिनिधि
प्रदेश नं. १
१) घनेन्द्र वस्नेत – नेकपा (एकीकृत समाजबादी)
२) राम कार्की – नेकपा (माओवादी केन्द्र)
३) अशोक कुमार राई – ज.स.पा., नेपाल
४) ज्ञानेन्द्र बहादुर कार्की – ने.का.
५) हरिकान्त पौडेल – रा.ज.मो.
प्रदेश नं.२
१) रामचन्द्र यादव – नेकपा (एकीकृत समाजवादी)
२) गपोश शाह – नेकपा (माओवादी केन्द्र)
३) मृगेन्द्र सिंह यादव – ज.स.पा., नेपाल
४) रमेश रिजाल – ने.का.
५) धर्मानन्द सुवेदी- रा.ज.मो.
बागमती प्रदेश
१) प्रकाश महत – ने.का.
२) केदार न्यौपाने – नेकपा (एकीकृत समाजबादी)
३) हितमान शाक्य – नेकपा (माओवादी केन्द्र)
४) गंगानारायण श्रेष्ठ -ज.स.पा., नेपाल
५) लाल बहादुर थापा – रा.ज.मो.
गण्डकी प्रदेश
१) केशवलाल श्रेष्ठ – नेकपा (एकीकुत समाजवादी)
२) हितराज पाण्डे – नेकपा (माओवादी केन्द्र)
३) हरिशरण आचार्य – ज.स.पा., नेपाल
४) शंकर बराल – रा.ज.मो,
५) रामचन्द्र पौडेल – ने.का.
लुम्बिनी प्रदेश
१) चक्रपाणी खनाल – नेकपा (माओवादी केन्द्र
२) भागवत विश्वासी – नेकपा (एकीकृत समाजवादी)
३) सहसराम यादव -ज.स.पा., नेपाल
४) सुरेश थापा – रा.ज.मो.
५) बालकृष्ण खाँड – ने.का,
कर्णाली प्रदेश
१) शक्ति बस्नेत – नेकपा (माओवादी केन्द्र)
२) जीवन बहादुर शाही – ने.का,
३) प्रकाश ज्वाला – नेकपा (एकीकृत समाजवादी)
४) भक्त बहादुर शाह – ज.स.पा., नेपाल
५) जनकराज शर्मा – रा.ज.मो.
सुदरपश्चिम प्रदेश
१) विक्रम शाही – नेकपा (एकीकृत समाजवादी)
२) खगराज भट्ट – नेकपा (माओवादी केन्द्र)
३) दिलेन्द्र बडु – ने.का.
४) नन्दराज भट्ट – रा.ज.मो.
५) मालामति चौधरी – ज.स.पा., नेपाल

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend