Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा यात्रुबाहक बस विस्फोट गराउने दुई जना एक दशकपछि पक्राउ


    बुधबार, असार १० २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटमा यात्रु बोकेको बस विस्फोट गर्ने दुई जनालाई प्रहरीले एक दशकपछि पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साह रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले दुवैजनाविरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा रहेको बताए । 

    २०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना२ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए ।

    विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार