Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले तेह्रथुम अधिवेशन: अध्यक्षमा तिवारी र कन्दङवाको उम्मेदवारी घोषणा


    शुक्रबार, पुष २३ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तेह्रथुम । नेकपा एमाले तेह्रथुमको ११आँै अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् । 

    जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र क का प्रदेश संसद तिवारी र निर्वाचन क्षेत्र ख का प्रदेश संसद कन्दङवाले जिल्ला अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । 

    ६ वटै पालिकाहरु सर्वसहमत नेतृत्व चयन गरेको एमाले तेह्रथुम जिल्ला अधिवेशनमा दुई जनाको दाबेदारी देखिएको हो । 

    जिल्ला अध्यक्षसमेत रहेका तिवारीले प्रदेश १ को पूर्व उद्योग वन तथा वातावरण मन्त्रीसमेत हुन् । 

    त्यस्तै कन्दङवा पनि पूर्व जिल्ला अध्यक्ष हुन् । सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेका बेला उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन् । 

    सर्वसम्मत नयाँ कमिटी चयन गर्नेगरी प्रयास भइरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार