Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाकालीमा ‘मोटरेवल’ पुल बनाउन दुई देशबीच हस्ताक्षर गर्ने भारतीय मन्त्रिपरिषदको निर्णय


    शुक्रबार, पुष २३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारत सरकारले नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ।

    भारतका विदेश मन्त्री डा एस जयशंकरले ट्वीटमार्फत महाकालीको पुलसम्बन्धी निर्णयले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धमा गहिराइ हुने विश्वास लिएको जनाएका छन्।

    भारतको उक्त निर्णयलाई नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले धन्यवाद समेत दिएका छन् । भट्टराईले सामाजिक सञ्जालमा  महाकाली नदीमा मोटर चल्ने पुल लामो समयदेखि अलपत्र रहेको र यसका लागि दुई देशबीच एमओयूमा हस्ताक्षर हुनु स्वागतयोग्य रहेको बताएका छन् । 

    साथै पूर्वप्रधानमन्त्री भट्टराईले उक्त पुलको निर्माण छिट्टै सम्पन्न हुनेमा आफुहरु आशावादी हुने पनि उल्लेख गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार