Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पिसाब फेर्दै गर्दा करेन्ट लागेर बस चालकको मृत्यु


    शुक्रबार, पुष २३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ ।

    प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेकाे बा.३ ख. ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।

    हवल्दार श्रेष्ठका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि  चिकित्सकले मृत घोषणा गरेका थिए ।

    बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेकाे थाहा भएकाे थियाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार