Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इटालियन सिरी ‘ए’ : युभेन्ट्स र नेपोलीले अंक बाँडे


    शुक्रबार, पुष २३ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। इटालियन सिरी ‘ए’ मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

    एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो । खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे । 

    बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सदुपयोग भएनन् । 

    बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा छ भने नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा छ । 

    सिरी ए कै अर्काे खेलमा ९ खेलाडीमा सिमित रोमालाई ३-१ ले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा उक्लिएको छ । 

    जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंकसहित शीर्ष स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार