Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा ६ वर्षमा सवारीसाधन दोब्बरः सडक पूर्वाधार पुरानै, ट्राफिक जामले सास्ती


    शुक्रबार, पुष २३ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो आधा दशकमा काठमाडौं उपत्यकामा सवारीसाधनको संख्या दोब्बरले बढेको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए। अहिले उपत्यकामा सडकको कुल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ। तर यस अवधिमा उत्पत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन्।

    भट्टराईपछि बनेका सरकारले संघीय राजधानी काठमाडौंमा सडक चौडा बनाउने कामलाई निरन्तरता दिए पनि लम्बाइ भने खासै बढ्न सकेको छैन। तर वाग्मती प्रदेशमा बर्सेनि एक लाखभन्दा बढी नयाँ सवारीसाधन थपिँदै आएका छन्। मुलुकका अन्य ६ वटा प्रदेशमा दर्ता भएका सवारीसाधन पनि काठमाडौं उपत्यकामा निर्बाध चलिरहेका छन्।

    काठमाडौंको सडक सञ्जालको तुलनामा बर्सेनि सवारीसाधन थपिँदै गएपछि चोकचोकमा ट्राफिक जाम बाक्लै देखिन थालेको छ। यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा वाग्मती प्रदेशमा ९ लाख २२ हजार ९ सय सवारीसाधन दर्ता थिए।

    अहिले यो प्रदेशमा दर्ता सवारीसाधनको संख्या (आव ०७८/७९ कात्तिक मसान्तसम्म) १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ। जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन्। उपत्यकामा गुड्ने १५ लाख सवारीसाधनमध्ये १३ लाखभन्दा बढी दुईपांग्रे छन्। उपत्यकामा आव ०७२/७३ मा दुईपांग्रे (मोटरसाइकल–स्कुटर) को संख्या सात लाख २२ हजार ७ सय २२ थियो।

    वाग्मती प्रदेश यातायात, श्रम तथा रोजगार मन्त्रालयका अनुसार आव २०७७/७८ को अन्त्यसम्म यस प्रदेशमा सवारीसाधनको संख्या १६ लाख ८८ हजार २ सय ४० थियो। चालु आवको कात्तिकसम्म अर्थात् चार महिनाको अवधिमा १८ हजार ५ सय ९४ सवारीसाधन थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक एक लाखभन्दा बढीका दरले सवारीसाधन थपिँदै आएका छन्। नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार