प्रेमकुमार राई, मोहनकृष्ण सापकोटा र गणेशराज कार्की
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त दुई आयुक्त पदका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल लगायतका नेताहरुसँग सहमतिको प्रयास थालनी गरेका छन् । नेकपाभित्रै पनि उनले अख्तियारको आयुक्तका लागि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सहमति प्रयास गरिरहेका छन् । रिक्त एक आयुक्तमा पूर्व गृह सचिव प्रेमकुमार राईको नाममा उनले पार्टीभित्र सहमति जुटाइसकेको स्रोत बताउँछ ।
प्रमुख विपक्षी दल नेपाली काँग्रेसले अख्तियारमा एक आयुक्त नछाड्ने अडान लिएको छ । अडान नछाडेपछि नेपाली कांगे्रेसको भागमा पनि एक आयुक्त दिन प्रधानमन्त्री ओली तयार भएका छन् । संवैधानिक आयोगको नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता समेतको सहमति आवश्यक पर्ने हुँदा अख्तियारको एक पद छाड्नुपर्ने दबाब नेकपालाई परेको छ । कांग्रेसले त्यसका लागि अख्तियारबाटै अवकाश पाएका सहसचिव गणेशराज कार्कीको नाम अगाडि सार्दैआएको छ । कार्की नेपाली कांग्रेसका पूर्वसांसद स्व. बालाराज कार्कीका छोरा हुन् । कांग्रेसको कोटाबाट अख्तियारको आयुक्त हुने चर्चामा मुन्निलाल यादव समेत छन् । उनी राष्ट्रपति विद्या भण्डारीका सम्धी हुन् ।
नेपाली कांग्रेसको कोटाबाट आयुक्तमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाको नाम पनि चर्चामा आएको छ । त्यसो त आइजीपी हुन नसकेको क्षतिपूर्तिबापत आयुक्त नियुक्त हुने दौडमा पूर्वएआइजी जयबहादुर चन्द पनि लागिरहेका छन् ।
प्रधानमन्त्री ओलीले अख्तियारको एक आयुक्त कांग्रेसलाई दिने र अर्को आयुक्तमा राईलाई नियुक्त गर्ने सहमति गरेका छन् भने सर्वोच्च अदालतमा रिक्त दुई न्यायाधीशमध्ये एकमा नेकपा अध्यक्ष प्रचण्डको सिफारिसका वकिललाई बनाएर अर्कोमा आफूले सिफारिस गर्ने तयारी गरेको स्रोतले बताएको छ । यद्यपि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि न्यायाधीशमा आफ्नो भाग खोजिरहेका छन् ।
सर्वोच्चको न्यायाधीश हुनका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी पनि बेतोडले दौडधूप गरिरहेका छन् । उनी विवादित भएर डेढ महिनाअगावै राजीनामा दिएका गोपाल पराजुलीका भान्जीज्वाई हुन् । सुवेदीलाई एकै बर्षमा ३ पटक बढुवा गरी मुख्य न्यायाधीश मामाससुरा पराजुलीले नै बनाएका हुन् । ओलीले यसअघि ज्ञानेन्द्र शाहले महान्यायाधीवक्ता बनाएका लक्ष्मी निराला खड्कालाई न्यायपरिषदको सदस्य बनाएको बिषयमा नेकपा निकट कानुन ब्यवसायीहरु असन्तुष्ट छन् ।
अख्तियारको एक आयुक्त पद २०७४ माघ २९ मा तत्कालीन प्रमुख आयुक्त दीप बस्नेत अवकाशपछि रिक्त थियो भने राजनाराण पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएपछि अर्को खाली भएको हो । हाल अख्तियारमा ३ आयुक्तमात्र छन् । प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्तद्वय डा.गणेशराज जोशी र सावित्री थापा गुरुङ छन् । प्रमुख आयुक्त घिमिरे ६५ बर्षे उमेरहदका कारण आगामी भदौ ३२ गते बिदा हुनेछन् । जोशी र थापा ६ बर्षे पदावधिले २०७७ चैतमा जानेछन् । अख्तियारमा प्रमुख आयुक्तसहित पाँच आयुक्त हुने संवैधानिक ब्यवस्था छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend