Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश सरकार सुनकोसी कोरिडोर निर्माणका लागि प्रतिबद्ध छ : मन्त्री कार्की


    बिहिबार, पुष २२ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उदयपुर । उदयपुरको भाग्य र भविष्यसँग जोडिएको सुनकोसी कोरिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले बताएका छन् । उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित यारी खोलामा प्रदेश सरकारद्वारा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन ।

    मन्त्री कार्कीले यस क्षेत्रका समस्याहरूको बारेमा राम्रोसँग बुझेकाले सुनकोसी कोरिडोरलाई नयाँ ढंगबाट अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्ने तयारी थालेको बताए । सुनकोसी कोरिडोर यस क्षेत्रको समृद्धिको मूल आधार हुने भएकाले यसलाई अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी राखेको जानकारी दिए ।  

    मन्त्रालयका सचिव लगायत इन्जिनियरहरूको टोली लिएर पुल उद्घाटन गर्न पुगेका कार्कीले भने, ‘उदयपुरको भूगोल सुगम नरहेकाले जिल्लाको विकटतालाई हेरेर बजेट विनियोजन गरी दिन म मन्त्रालयका सचिव लगायत अन्य प्राविधिक कर्मचारीहरूलाई अनुरोध गर्दछु ।’

    मन्त्रीको जिल्ला भनेर उदयपुरमा बजेट हाल्न दबाब दिन्न तर यस क्षेत्रको विकटतालाई हेरेर बजेट विनियोजन गर्न सचिवलाई ध्यानाकर्षण गराउन चाहन्छु । उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित यारी खोलामा करिब ८ करोड ७४ लाखको लागतमा पुल निर्माण भएको यातायात पूर्वाधार निर्देशनालय प्रदेश नम्बर १ ले जनाएको छ । 

    बेतिनी, नुनथला, कुमलटार, रुपाटार ठानागाउँ सडक अन्तरगत पर्ने सो पुल निर्माण भएपछि ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका साथै खोटाङको हलेसीतुवाचुङ नगरपालिकाका स्थानीयहरूलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।

    २०७६ चैत ६ गते प्रदेश सांसद कला घलेले शिलान्यास गरेको सो पुल कोभिडको महामारीको बिचमा समेत निर्माण सम्पन्न गरेकाले निर्माण कम्पनी एएनएस केएम जेबी एनएस जेभी काठमाडौंले १८ महिना लगाएर निर्माण सम्पन्न गरेको मन्त्रालयका सचिव मोहन चापागाईंले जानकारी दिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार