Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माछा प्रकरण: सीडीओले स्वीकारे गल्ती, गरे आत्मालोचना


    बिहिबार, पुष २२ २०७८
    335
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरि आत्मालोचना गरेका हुन् ।

    गलत बुझाइका कारण गल्ती हुन पुगेको भन्दै सिडिओले आत्मालोचना गरेका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङले बताए । माछा किन्दा श्रीमती ठगिएको भन्दै सिडिओ अस्मान तामाङले १८ पुसको साँझ चितवन फिस हाउसका सञ्चालक लुलाराजमाथि दुर्व्यवहार गरि माछा राखेको फ्रिजमा सिल गरेका थिए ।

    ‘दुवै पक्षको वीन–वीन जस्तो भयो । अन्जानमा कमजोरी भएको भनि स्वीकार गर्नुभयो । सबैको अगाडि आत्मालोचना गर्नुभयो’, उनले भने । समन्वय र सहकार्यको लागि व्यवसायी र सिडिओ बीच छ बुँदे सहमति पनि भएको छ । 

    नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित माछा फार्ममा १८ पुसमा सिडिओकी श्रीमती सरकारी गाडी लिएर माछा किन्न गएकी थिइन् । पोखरीबाट निकालेको माछा सकिएपछि व्यवसायी लुलाराजे सिडिओ पत्नीलाई प्रति केजी ३०० रुपैयाँका दरले माछा बिक्री गरे ।

    केहि दिनअघि आफैंले प्रतिकेजी २४० रुपैयाँमा माछा किनेको र लुलाराजले आफ्नी श्रीमतीलाई ठगेको भन्दै सिडिओले व्यवसायीमाथि दुर्व्यवहार गरेका थिए । 

     

    sahamati-2.jpg.jpg
    sahamati-1.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार