Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेता नेपालीको भोकहडताल तोड्न कांग्रेस उपसभापति महोत्तरी आउँदै


    बिहिबार, पुष २२ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका अनसनरत नेता बजरङ्ग नेपालीले केहिबेरमा अनसन तोड्ने भएका छन् ।

    कांग्रेसका उपसभापति धनराज गुरुङको उपस्थितिमा दुई दिनदेखि भोक हडतालमा रहेका नेपालीले अनसन तोड्ने महोत्तरी कांग्रेसले जनाएको छ ।

    `अनसनरत नेपाली तथा नेपाली कांग्रेसको जुन माग थियो त्यो केन्द्रबाट सम्बोधन भएको छ त्यसैले भोकहडताल अहिले केहीबेरमा तोड्दै छौं,’  नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए ।

    नेता नेपालीले विवादित क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गराउनुपर्ने माग राख्दै दुई दिनदेखि भोक हडताल सुरु गरेका थिए ।

    नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव समेत रहेका नेपालीको भोकहडताललाई केन्द्रले ध्यानाकर्षण जनाउँदै दुई माघमा क्षेत्र नम्बर ३ को अधिवेशन निर्धारण गरेको छ ।

    अहिले केहीबेरमा नै कांग्रेस उपसभापति धनराज गुरुङ पार्टी कार्यालयमा आएर नेता नेपालीको अनसन तोड्ने  नेपाली कांग्रेस महोत्तरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार