काठमाडाैं । सरकारले जनप्रतिनिधि तथा प्रशासनिक नेतृत्वलाई प्रशिक्षण दिन संघीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ ।
संघीयताका सन्दर्भमा अध्ययन, अनुसन्धान गर्न तथा संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्धबारे संविधानमा भएको व्यवस्था लगायतबारे प्रशिक्षण दिन साे प्रतिष्ठानले खाेल्न लागिएकाे हाे ।
प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न विधेयक मस्यौया प्रस्ताव पारित समेत भएको छ ।
प्रतिष्ठान स्थापना गर्न गत पुस १८ मा स्वीकृतिसमेत भएको छ ।