Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकता दिवस मनाउन विश्व हिन्दु युवा संघकाे माग


    बिहिबार, पुष २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रमसहित मनाउन माग गरिएको छ ।

    विश्व हिन्दु युवा संघ स्याङ्जाले दिवस मनाउन सरकारसँग माग गरेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै पृथ्वी जयन्तीलाई एकता दिवसका रूपमा मनाउन संघका अध्यक्ष नवराज पौडेलले आग्रह गरे ।

    संघका पदाधिकारीहरू वालिङ इलाका प्रशासन कार्यालयमा पुगेर आग्रह पत्र बुझाएका छन् । उनीहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका छन् भने विशेष कार्यक्रम आयोजना गर्न भनेका छन् । गोरखा नगरपालिकाले भने सार्वजनिक बिदा घोषणा गरिसकेको छ । हिन्दु धर्म र राजसंस्थासँग आस्था राख्ने विभिन्न संघसंस्थाहरूले पनि सरकारलाई दबाब दिइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार