Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एन्फा कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा


    बिहिबार, पुष २२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं। बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को  कार्यसमितिको बठैक आज (बिहीबार) बस्दैछ । 

    सातदोबाटो स्थित एन्फा मुख्यालमा हुने १५ औं साधारण सभा दिउसो साढे १२ बजे सुरु हुने भनिएको छ । 

    बरिष्ठ उपाध्यक्ष पंकज विक्रम, उपाध्यक्ष द्वय विर बहादुर खड्का, कृष्ण थापासहित सदस्यहरु किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले १२ पुसमा बैठक मिति तय गरेको थियो । 

    एन्फाले १५ पुसमा १९ एजेण्डा बनाएर बैठक बस्ने आफ्ना सदस्यलाई जानाकारी दिएको थियो । त्यसपछि विधानअनुसार उपाध्यक्ष पंकज र विर बहादुरले ६ एजेण्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेण्डा थप माग गरेका थिए । 

    एन्फा सचिवालयले राईको मात्रै एजेण्डा थप गरिएको बुझिएको छ । 

    २० पुसमा एन्फा पूर्व अध्यक्ष गणेश थापाले ब्यक्तिगत धारणा राख्न पठाएको पत्रले समेत कार्य समितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रुपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो । 

     यी हुन् एजेण्डा –
    १) नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई पुरस्कृत गर्ने ।
    २) राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने  । 
    ३) सहिद स्मारक ’ए’, ’बी’ र ’सी’ डिभिजन लिग प्रतियोगिता । 
    ४) महिला राष्ट्रिय लिग सम्बन्धमा । 
    ५) विभिन्न समिति तथा उपसमितिहरूको गठन तथा पुनर्गठन सम्बन्धमा । 
    ६) आर्थिक तथा कर्मचारी नियमावली संशोधन सम्बन्धमा । 
    ७) राष्ट्रिय टिम विदेश भ्रमणमा जाँदाको पेस्की सम्बन्धमा र खेलाडीहरू तथा टिममा सहभागी प्रशिक्षक एवं अफिशियलहरूको सेवा सुविधा सम्बन्धमा । 
    ८) फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरू पालना गर्ने । 
    ९) विभिन्न निर्माण कार्यहरूबाट बाँकी रकम सदुपयोग गर्ने तथा फिँजियो थेरापीको समान खरिद गर्ने  । 
    १०) एन.एस.एल.को सम्झौता । 
    ११) जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग  । 
    १२) जिल्ला तथा प्रदेश फुटबल संघ लगायत अन्य सदस्य संघहरू (खेलाडी, रेफ्री, प्रशिक्षक तथा महिला)को निर्वाचन तथा साधारण सभा (कांग्रेस) बैठक  । 
    १३) संघको नियमित साधारण सभा (एन्फा कांग्रेस) बैठक। 
    १४) निर्वाचन निर्देशिका सम्बन्धमा । 
    १५) आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा ।
    १६) संघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिता लगायत प्रशिक्षणमा लिने शुल्क ।
    १७) संघको विभिन्न कार्यक्रम तथा प्रतियोगिता, सभा, बैठकहरूमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी तथा प्रतिनिधिहरूको दैनिक तथा भ्रमण भत्ता परिमार्जन गर्ने  ।
    १८) वार्षिक कार्यक्रम तथा बजेट ।
    १९) विविध ।

    यी हुन राईका ३ एजेण्डा:
    १) त्रिदेशीय फुटबल प्रतियोगिताको गेट टिकट विक्री वापत प्राप्त रकम सम्बन्धमा
    २) केन्द्रिय निर्वाचन समिति गठन सम्बन्धमा । 
    ३) विषय सूचि संसोधन सम्बन्धमा (विषय सूचि नम्बर १३) संघको नियमित साधारण सभा मात्र उल्लेखित भएको हुँदा संघको निर्वाचन मिति घोषणा सहितको विषय सूचि संसोधन सम्बन्धमा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार