Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओमिक्रोनको त्रास: ‘ग्रामी अवार्ड शो’ स्थगित


    बिहिबार, पुष २२ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । जनवरीमा अमेरिकामा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्राे भेरियन्ट ओमिक्राेनका कारण कारण सरेको छ।

    आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ती जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ राख्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ ।

    संगीतको ठूलो उत्सवको रुपमा लिइने यो अवार्ड ३१ जनवरीमा लसएञ्जल्समा हुँदै थियो । आयोजकले यसको अवार्ड कार्यक्रमको नयाँ मिति चाँडै सार्वजनिक गरिने जनाएकाे छ । ‘स्वास्थ्य र संगीत समुदायको सुरक्षा, प्रत्यक्ष दर्शक तथा सयौं कामदार हाम्रा प्रमुख प्राथमिकता हुन्,’ आयोजकले भनेकाे छ ।  

    यस वर्षको अवार्डको मनोनयनमा जाज किबोर्डिष्ट जोन बटिस्टे सर्वाधिक ११ विधाको मनोनयनमा परेका छन् । केही समय अघि ‘सनडान्स फिल्म फेस्टिभल’ पनि ओमिक्रोन भाइरसको बढ्दो संक्रमणका कारण रद्ध गरिएको थियो । आयोजकले अब फेस्टिभलका लागि अनलाइनबाट नै फिल्मको प्रिमियर तथा कार्यक्रम गर्ने जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार