Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँचथरमा आगलागी: आइएमईको कार्यालयसहित आधा दर्जन पसल जले


    बिहिबार, पुष २२ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् ।

    बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । 

    आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो ।

    बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो । विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार