Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज यी प्रदेशमा हुदैछ वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा पनि हिमपातकाे सम्भावना


    बिहिबार, पुष २२ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चि, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएकाे छ ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना  रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

    सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

    शुक्रबार प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार