Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज राति पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना


    बुधबार, पुष २१ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

    आज राति देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ ।  देशका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    त्यस्तै बिहीबार देशभर सामान्य बदली रहने छ। देशका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार