काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले खरेललाई विभागको प्रमुखमा नियुक्त गरेको हो । खरेल विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए ।
हालका गुप्तचर प्रमुख गणेश अधिकारीको तीन वर्षे कार्यकाल समाप्त भएपछि रिक्त पदमा रेग्मीलाई प्रमुखमा नियुक्त गरिएको हो ।
मन्त्रिपरिषदले विभागमा फाजिलमा रहेका एआईजी यादवप्रसाद रेग्मीको दरबन्दी कायम गरेको छ । एआइजीमा दरबन्दी कायम गरी उनलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । रेग्मीको करिब ४ महिनामात्र कार्यकाल बाँकी छ । उनी आगागामी बैशाखमा अवकाश पाउँदैछन् ।
राष्ट्रिय अन्ुसन्धान विभाग गृहमन्त्रालयमातहत रहेको भए पनि २०७४ फागुन ३ मा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमातहत ल्याएका थिए ।