Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजस्व हिनामिना गर्ने विद्युतका हाकिमसहित ८ जना बिरुद्ध मुद्दा दायर


    मंगलबार, असार ९ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सफटवेयरमा म्यानुपुलेसन गरी नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो पोष्टिङ गर्ने नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत तत्कालीन बर्दिबास उपवितरण केन्द्र (हाल गौशाला वितरण केन्द्र अन्तर्गत) का संजीव शर्मासहित ८ कर्मचारीबिरुद्ध अख्तियार द्ुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    प्राधिकरणका तत्काल कार्यरत केन्द्र प्रमुख तथा अन्य ज्यालादारी कर्मचारीसमेतले नियमविपरीत बिक्री संशोधन र क्रेडिट विल दोहोरो तथा बहुपोष्टिङ गर्ने कार्य गरेको भनी नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, काठमाडौंबाट गठित तथा आयोगबाट गरिएको अनुसन्धान छानविन समितिले पेस गरेको प्रतिवेदनसमेतबाट बदनियतपूर्वक राजस्व अपचलन गरेको पाइएको आयोगले जनाएको छ ।

    त्यो अपचलन भएको २० लाख ३५ हजार रुपैयाँ ११ पैसा नेपाल सरकारको कोषमा जम्मा नभएकोमा सो मध्येको १ हजार ७२७ रुपैयाँ अशोककुमार कर्ण, रमेश दाहाल र पूजन कुमारी चौधरीसमेतबाट नेपाल सरकारको खातामा दाखिला गरेको देखिंदा उक्त बिगो घटाई बाँकी हुन आउने २० लाख ३३ हजार २७२ रूपैयाँ एकसठ्ठी पैसा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको सप्रमाण पुष्टि हुन आएकोले उनीहरुले हानीनोक्सानी गरेको बिगोका आधारमा सजायको मागदाबी गरी मुद्दा दायर गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    राजस्व रकम अपचलन गर्ने हाकिम संजीव शर्मा, ज्यालादारी कर्मचारीहरु अरविन्दप्रसाद जयसवाल, बागेश्वरीकुमारी कर्ण, चन्द्रभुषण महतो, धर्मेन्द्रकुमार महतो, अजितमान सिंह, स्मिता कट्टेल, अन्जुकुमारी बस्नेतबिरुद्ध पनि उनीहरुले हिनामिना गरेको रकम बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार