Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साउदी अरबबाट नेपाल एयरलाइन्सको पहिलो पटक चार्टर उडान


    मंगलबार, असार ९ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । साउदी अरबमा नेपाल एयरलाइन्सले पहिलो पटक चार्टर उडान गरेको छ । नेपाल एयरलाइन्सको जहाजमार्फत
    कोरोनाभाइरसको महामारीका कारण समस्यामा परेका नेपालीको उद्धार भएको हो ।

    गत आइतबार साउदी अरबको रियादबाट २४७ जना नेपालीको उद्धार भएकोमा मंगलबार राति फेरि अर्को चार्टर विमान जद्दा उड्दैछ ।जद्दाबाट नेपाल एयरलाइन्सको विमान बुधबार नेपाली श्रमिक लिएर स्वदेश पर्किने तालिका रहेको छ । पहिलो पटक साउदी अरबको रियाद पुगेको नेपाल एयरलाइन्सको विमानले जद्दामा पनि पहिलो पटक नै उडान भर्न लागेको हो ।

    उक्त चार्टर उडानका लागि नेपाल एयरलान्समार्फत गिल्ट ट्राभल्स र जियोल्याण्ड ट्राभल्सले बुकिङको जिम्मा पाएको छ । जसअनुसार जद्दाको चार्टर उडानमा मंगलबार दिउँसोसम्म २०० जनाको बुकिङ भइसकेको जियोल्याण्ड ट्राभल्सका प्रबन्ध निर्देशक शरद शर्माले जानकारी दिए । उनले अझै बुकिङ जारी रहेको पनि जानकारी दिए ।

    अहिले संकटको बेला नेपाल एयरलाइन्स साउदीसम्म पुगेको भन्दै शर्माले अवस्था सामान्य भएपछि पनि नियमित उडानको लागि पहल हुनुपर्नेमा जोड दिए । ठूलो संख्यामा नेपाली रहेको साउदीमा नियमित उडान हुन सके देशको आर्थिक समृद्धिमा टेवा पुग्न सक्ने उनको भनाइ छ ।

    पहिलो चरणमा सरकारले साउदीबाट ३ हजार ३ सय १२ नेपालीको उद्दार गर्दैछ । साउदीस्थित नेपाली दूतावासले स्वदेश फर्कनेहरुको सूची टुंगो लगाएपछि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा उनीहरुको उद्धार भइरहेको हो ।
    नेपाल फर्किनका लागि यात्रुहरुले टिकट बुकिङ गराएपछि अनिवार्यरुपमा कोभिड–१९ परीक्षण गराउनुपर्ने नियम बनाइएको छ ।

    दूतावासले परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्न अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्न पनि अनुरोध गरेको छ ।

    कोभिड–१९ र यसको जोखिमका कारण अन्तर्राष्ट्रिय उडानमा रोक लागेसँगै सरकारले विमान चार्टर गरेर विभिन्न देशबाट धमाधम नेपाली श्रमिकको उद्दार गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार