Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    बुधबार, पुष २१ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ  कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ५६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार १३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार