Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मौसम: आज यी क्षेत्रमा वर्षा र हिमपातकाे सम्भावना


    बुधबार, पुष २१ २०७८
    400
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    दिउँसो देशशभर बदली  रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ ।  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

    राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएकाे छ । 

    बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाकाे आँकलन छ ।  प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार