काठमाडौँ । एकैदिन ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिएका छन् ।।
सो संख्या थपिएसँगै आजसम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन् । यी सहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा ४ हजार ९ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको छ ।