Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वाल्मीकि क्याम्पसका विद्यार्थीहरुलाई परीक्षामा २० अङ्क सित्तैमा


    बुधबार, पुष २१ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ ।

    स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधशालामा रहेको टेलिस्कोप प्रयोग गर्न पाउँदैनन् तर वार्षिक परीक्षामा २० अङ्क सित्तैमा पाउने गरेका छन् ।

    विद्यापीठका खगोल ज्योतिष विषयका डा. सहप्राध्यापक जयन्त आचार्यले विद्यार्थीलाई टेलिस्कोपको प्रयोग गर्न लगाई प्रयोगात्मक परीक्षा लिनुपर्नेमा कहिल्यै पनि त्यस्तो अवसर प्राप्त हुन नसकेको गुनासो गरे ।

    उनले भने, ‘टेलिस्कोपबाट ग्रहको अध्ययन हेर्नुपर्ने हुन्छ तर विद्यार्थीले थन्क्याइएको टेलिस्कोप टाढाबाटै हेरे पुग्छ, परीक्षामा अङ्क पाउँछन् । यो हाम्रै कमजोरी हो ।’ यो समाचार गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार