Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज पुस २१ गते बुधवारको राशिफल


    बुधबार, पुष २१ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ  आज मिति २०७८ साल पुस २१ गते बुधवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् । शेयर बजारमा पनि राम्रै हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । पुँजी बजारमा पनि राम्रै हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाइने र स्वादिष्ट भोजन पनि मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज सन्तान टाढिन सक्छन् । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार