काठमाडौं । आज थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १००९९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज हुने ७६ जनासहित नेपालमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २२२४ पुगेको छ ।