Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोटीमा स्कार्पियो दुर्घटना, एक चालकसहित ९ जना घाइते


    मंगलबार, असार ९ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । डोटीमा सशस्त्र प्रहरी बोकेको स्कार्पियो दुर्घटना हुँदा १ चालकसहित ९ जना प्रहरी घाइते भएका छन्। डोटीको जोरायल गाउँपालिकास्थित गोगनपानीमा गएराति दुर्घटना भएको थियो ।

    अछाममा कार्यरत उनीहरु बिदाको अवसरमा घर फर्किँदै थिए।धनगढी आउँदै गर्दा बा १६ च २२२३ नम्वरको स्कार्पियो हिजो राति १२ बजेतिर दुर्घटनामा परेको हो।

    दुर्घटनामा घाइते भएका उनीहरुलाई हिजो राति नै उपचारको लागि कैलाली ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्र मल्लले बताए।उनीहरुकोे गोदावरी नगरपालिका अतरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको मल्लले जानकारी दिए ।उनले भने घाइते सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ। मैले अस्पतालसँग जानकारी लिइरहेको छु।चालकले मापसे गरेको हुनाले जीप ठोक्किएर दुर्घटना भएको डिएसपी मल्लले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार