Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा ६३ अंकको सुधार


    मंगलबार, पुष २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेयर बजारमा मंगलबार ६३ अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचक ६३ दशमलव १ अंकले वृद्धि भई दुई हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ ।

    यसदिन दुई सय ३४ कम्पनीका ९१ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    मंगलबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकहरू पनि सकारात्मक भएका छन् । यसदिन उत्पादन र अन्य समूह बाहेकका समूहगत परिसूचक वृद्धि भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह ५ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार एक सय ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको स्थिर रहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार