सुर्खेत । कर्णाली प्रदेशमा थप २५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको हो ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ भने ५६० डिस्चार्ज भएका छन् ५ जनाको मृत्यु भएको छ ।