Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जहाजको शौचालयभित्र भेटिए नवजात शिशु, एक युवती पक्राउ


    मंगलबार, पुष २० २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अफ्रिकाको टापु मुलुक मोरिससमा जहाजको शौचालयभित्र एक जना नवजात शिशु फेला परेका छन्।

    बिबीसीका अनुसार जनवरी १ मा माडागास्करबाट आएको एयर मोरिससको जहाजको नियमित चेकिङ गर्ने क्रममा शौचालयको डस्टबिनमा नवजात शिशु भेटिएका हुन्। विमानस्थलका अधिकारीहरूले शिशुलाई तत्कालै अस्पताल लगेका थिए। अहिले उनको अवस्था सामान्य छ।

    बच्चा जन्माएर शौचालयमा राखेको आशंकामा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। माडागास्करबाट काम गर्न भनेर आएकी ती २० वर्षीया युवतीले सुरूमा बच्चा आफ्नो नभएको बताएकी थिइन्।

    स्वास्थ्य परीक्षण गर्दा उनी हालै सुत्केरी भएको देखिएपछि उनलाई अहिले परीक्षण निगरानीमा अस्पतालमा राखिएको छ।

    अस्पतालबाट डिस्चार्ज भएपछि उनीमाथि थप अनुसन्धान हुने अधिकारीहरूले बताएका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार