Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ब्राजिलका राष्ट्रपतिमाथि खुकुरी प्रहार प्रकरण: आन्द्रामा गम्भीर समस्यापछि अस्पताल भर्ना


    मंगलबार, पुष २० २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अकस्मात बिरामी भएपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ ।

    आन्द्रासम्बन्धी समस्या देखिएपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको हो । ६६ वर्षीय बोल्सोनारो सन् २०१९ देखि ब्राजिलको सत्तामा छन् । 

    आन्द्रामा गम्भीर समस्या देखिएपछि उनलाई ६ महिनाअघि पनि अस्पताल भर्ना गरिएको थियो । सन् २०१८ को निर्वाचन अभियानका क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो ।

    खुकुरी प्रहारबाट उनको पेट र आन्द्रामा गम्भीर चोट लागेको थियो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार