Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धमाधम डमीका टाउका गिँड्दै तालिवान


    सोमबार, पुष १९ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानमा तालिवानले पसलहरुमा राखिएका डमीको धमाधम टाउका  काट्न थालेको छ । डमीले मुस्लिम मुल्य र मान्यताको खिल्ली उडाएको भन्दै तालिवानले गिँड्ने अभियान चलाएको छ ।

    डमी मूर्तिको पर्याय भएको भन्दै सरकारले पश्चिमी प्रान्त हेरातका पसलेहरुलाई तिनीहरुका टाउका काट्न निर्देशन दिएको छ । 

    मूर्ति राख्न वा मूर्तिको पूजा गर्न इस्लाम धर्ममा बर्जित छ । धर्म र संस्कृति मामिलासम्बन्धी मन्त्रालयले डमी नराख्न निर्देशन दिएपछि तालिवानले त्यसका टाउका काट्न थालेका छन् । 

    डमी फाल्दा आफ्नो व्यवसायमा असर गरेको बिक्रेताले गुनासो गरेका छन् । मन्त्रालयका प्रमुख शेख अजिज उ रहमानले डमी हटाउन भन्दा टाउको काट्नु उपर्युक्त हुने  बताएका छन् ।

    सरकारको निर्देशनपछि कतिपय व्यापारीले भने डमीलाई कपडाले ढाक्न थालेका छन् । एउटा डमीको मुल्य ७० देखि १०० डलरसम्म पर्ने र त्यसको टाउको काट्दा आफूहरुलाई आर्थिक समस्या हुने व्यापारीले गुनासो गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार