Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इङ्लिस प्रिमियर लिग: अग्रता जोगाउन नसक्दा लिभरपुल चेल्सीसँग रोकियो 


    सोमबार, पुष १९ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इङ्लिस प्रिमियर लिगमा दुई गाेलकाे अग्रता कायम गरेकाे लिभरपुल अन्तत: चेल्सीसँग बराबरीमा राेकिएकाे छ ।आइतबार राति भएकाे खेलमा साडियो माने र मोहम्मद सलाहाको गोलमा २-० को अग्रता लिँदै लिभरपुल सहज जिततर्फ अगाडि बढेको थियो ।

    तर, पहिलो हाफको अन्तिम समयमा २ गोल गर्दै चेल्सी लयमा फर्किएपछि अन्तत: खेल २-२ गाेलकाे बराबरीमा रोकिएको हाे । 

    नवौँ मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता लियो । २६औँ मिनेटमा सलाहाले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

    ४२औँ मिनेटमा कोभासिचले २० र्‍याड टाढाबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा चेल्सी खेलमा फर्किएको थियो ।

    दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले अंक बाँडेपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको अग्रता १० अंकमा पुगेको छ । सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ ।

    सिटीले शनिबार आर्सनललाई हराउँदै शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको थियो ।  चेल्सी ४३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ४२ अंक छ । लिभरपुलले सिटी र चेल्सीको भन्दा एक खेल कम खेलेको छ । 

    प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा लिड्स युनाइटेडले बनर्लीलाई ३–१ अन्तरले हरायो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार