Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘ए’ डिभिजन लिग: शेर्पा र सातदोबाटोलाई शीर्ष पाँचमा उक्लने मौका


    सोमबार, पुष १९ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत साँतौ चरणको अन्तिम दिन दशरथ रंगशालामा एक मात्रै खेल हुँदैछ । दिउसो १ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

    तालिकाको मध्यभागमा रहेका दुबै क्लबबीचको खेल निकै नै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । सातौँ खेल खेल्दै गर्दा दुबै टोली तेस्रो जितको खोजीमा हुनेछन् । यस खेलको विजेता टोलीलाई शीर्ष पाँचमा उक्लने मौकासमेत रहेको छ । 

    नवप्रवेशी सातदोबोटोको कप्तानी डिफेण्डर मानबहादुर तामाङले गर्नछन् । उनी गत सिजन शेर्पाको जर्सीमै थिए । शेर्पाको कप्तानीमा फरवार्ड विश्वास श्रेष्ठ रहेका छन् । 

    सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा रहेको छ । शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

    आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गरेसँगै मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा स्थान बनाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार