Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीमा तनहुँका पाँच जना केन्द्रीय सदस्य


    आइतबार, पुष १८ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ । नेकपा माओवादीको ८ औं महाधिवेशनबाट तनहुँका पाँच जना केन्द्रीय सदस्य चयन भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार घोषणा गरेको केन्द्रीय सदस्यहरुको सूचीमा तनहुँका पाँच जना नेता परेका छन् । प्रचण्डले बन्दसत्रमा पेस गरेको सूची पारित भएको छ ।

    पाँच जना केन्द्रीय सदस्य हुँदा एक जना मात्रै नयाँ अनुहार अटेको छ । तनहुँबाट खुलातर्फ हरिबहादुर चुमान, सुरेशकुमार आले मगर र श्रीराम ढकाल केन्द्रीय सदस्य हुन सफल भए ।

    आशा कोइराला खस आर्य महिलातर्फ र ओमकुमारी पौडेल खस आर्य युवा महिला कोटाबाट केन्द्रीय सदस्य भएका हुन् । ओमकुमारी पहिलो पटक केन्द्रीय सदस्यमा अटाएकी हुन् । उनी यसअगाडी गण्डकी प्रदेश कमिटी सदस्य थिइन् ।

    कोइराला र चुमान गण्डकी प्रदेशसभा सदस्य हुन् । आले आदीवासी जनजाती महासंघका केन्द्रिय इञ्चार्ज र ढकाल पार्टी कार्यालयको मुख्य सचिव रहेका छन् ।

    प्रचण्डले समानुपातिकमा १२५ र खुलामा १११ गरेर २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि पारित भएको थियो । ६३ जना सदस्य पछि मनोनित गर्ने जनाइएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार