Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२ जिल्लाका सिडिओलाई गृह मन्त्रालयको निर्देशन- अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नू


    आइतबार, पुष १८ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कारबाही गर्न १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई निर्देशन दिएको छ ।

    मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क बुझाउन विद्यार्थीहरूलाई दबाब दिइरहेकाे भन्ने गुनासाे अाएपछि मन्त्रालयले यस्ताे निर्देशन दिएको हाे।

    अतिरिक्त शुल्क नबुझाए पठनपाठनसमेत गर्न नदिने मेडिकल कलेजहरूले धम्की दिने गरेको गुनासा विद्यार्थीहरूको छ ।

    मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई गृहले पत्र पठाएर उक्त निर्देशन दिएको छ ।

     

    ‘जिल्लामा सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुन विपरीत अतिरिक्त शुल्क लिए/नलिएको बुझी लिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्न र सो को प्रतिवेदन मन्त्रालयमा पठाउन आदेशानुसार अनुरोध छ,’ गृहले पठाएको पत्रमा भनिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार