काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको हिजोको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका “आर्थिक विधेयक, २०७७”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत विधेयक, २०७७” लाई पारित गरेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा भएको कर यथावत रहेको स्पष्ट पार्नुभयो । साथै उहाँले विद्युतको खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको बताउदै कृषिमा रसायनिक मलको भन्सार महशुल नबढेको, पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा रु २० सस्तो भएकाले यसमा पूर्वाधार कर लगाइएको जानकारी गराउनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले “महान्याधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५÷७६” सभा समक्ष पेश गर्नुभएको थियो । रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend