Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिन्दु मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु


    आइतबार, पुष १८ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली । भारतमा एउटा हिन्दु मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

    भारत प्रशासित कश्मीरको माता बैष्णाे देवी मन्दिरमा विवादपछि भएको भागदौडमा अन्य थुप्रै घाईते भएका छन् । मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिराे दुःख व्यक्त गरेका छन् । 

    सो मन्दिरमा हरेक दिन दशौं हजार मानिस जाने गर्छन् । बिदाका कारण शनिबार मन्दिर जाने तिर्थालुको स‌ंख्या अन्य दिनभन्दा धेरै थियो । 

    मन्दिरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन हजारौं भक्तजनको भिड लागेकाे थियो । महामारीपछि मन्दिरमा दैनिक बढीमा २५ हजार जनालाई मात्र जाने अनुमति दिइएको छ ।

    तर, शनिरबार मन्दिरमा अनुमति दिएभन्दा दोब्बर संख्यामा भक्तजनको भिड लागेकाे थियाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार