Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंघम अभिनेत्री काजल अग्रवाल गर्भवती, पति गौतमले दिए खुसीको खबर


    आइतबार, पुष १८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नयाँ वर्षको सुरुवातसँगै दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालका फ्यानका लागि एउटा खुसीको खबर छ । उनका पति गौतम किचलूले पत्नी तथा अभिनेत्री काजल चाँडै आमा बन्न लागेको खुलाएका छन् ।

    पछिल्लो केही समयदेखि काजल गर्भवती भएको अनुमान लगाइए पनि अहिले आएर यो खबरको पुष्टि भएको हो ।

    गौतमले शनिबार आफ्नो इन्स्टाग्राममा काजलको एक तस्बिर सेयर गरेका थिए । ‘२०२२ तपाईंको पखाईमा छ’, उनले लेखेका थिए । यो क्याप्सनसँगै उनले गर्भवती महिलावाला इमोजी पोस्ट गरेका थिए ।

    यसअघि काजलले शुक्रबार पतिका साथ एक तस्वीर सेयर गरेकी थिइन् । तस्बिरमा अभिनेत्रीले आफ्नो बेबी बम्प देखाएकी थिइन् । तस्बिरमा उनी हरियो रंगको थाई हाई स्लिट गाउनमा सुन्दर देखिएकी थिइन् ।

    काजल र गौतमले हालैमात्र विवाहको पहिलो वार्षिकोत्सव मनाएका थिए । यो जोडीले सन् २०२० अक्टोबरमा मुम्बईमा विवाह गरेका थिए । उनीहले कोरोना निर्देशिका पालना गर्दै विवाह गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार