Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा क्वारेन्टिनमा बसेका ५ जनामा देखियो कोरोना संक्रमण


    सोमबार, असार ८ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बेसीसहर । लमजुङका विभिन्न क्वारेन्टिनमा रहेकामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेकाहरुको पीसीआर परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार साँझ गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमित ५ जनालाई आइसोलेसनमा लाने तयारी भइरहेको उनले जनाएका छन् ।

    संक्रमित हुनेहरुमा ४ पुरुष र एक महिला छन् । संक्रमितमा क्लो सोथार गाउँपालिकाका १ पुरुष, मध्यनेपाल नगरपालिकाका २ पुरुष, दुधपोखरी गाउँपालिकाका १ पुरुष र बेसीसहर नगरपालिकाका १ महिलामा संक्रमण देखिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार