Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३३ प्रतिशत महिला पुर्‍याउन देउवालाई सकस


    आइतबार, पुष १८ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ ।

    अब मनोनित गर्न २३ जना बाँकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ ।

    कांग्रेस विधानमा ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था छ । जसमध्ये सभापति देउवाले शनिबार १० जना रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनित गर्नुभएको छ ।

    १० मध्ये २ जना महिला परेका छन् । नेपाल समाचारपत्र दैनिकबाट 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार