Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन् २०२२ को पहिलो दिन भारतीय पर्यटकले जनकपुरधाम भरिभराउ


    शनिबार, पुष १७ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । अंग्रेजीको नयाँ साल सन् २०२२ को अवसरमा भारतीय पर्यटकहरूको जनकपुरधाममा घुइँचो लागेको छ ।

    भारत विहार राज्यको विभिन्न जिल्लाबाट हजारौंको संख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका हुन् । नयाँ वर्षको अवसरमा विश्व प्रसिद्ध  जानकी मन्दिरमा पूजापाठ गर्न तथा रमाइलो गर्न जनकपुरधाम आउने गरेका छन् । 

    कोरोनाको कारण पछिल्लो दुई वर्षदेखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना संक्रमण साम्य रहेकोले पनि अन्य वर्षको तुलनामा उच्च संख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका हुन् ।

    नयाँ वर्षको अवसरमा स्वदेशी पर्यटकको संख्या पनि सामान्य दिनभन्दा बढी नै रहेको छ । नयाँ वर्षका सुरुवातको धर्मकर्मले गरेको खण्डमा जीवनमा सुख, शान्ति संवृद्धि प्राप्त हुने जनविश्वास रहेकोले पनि सर्वसाधारणको श्रद्र्धालुभक्जनहरूले जनकपुरधाम आउने गरेको छ ।

    जानकी मन्दिरका छोटा महन्त रामरोशन दासले अन्य वर्षको तुलनामा यस वर्ष भारतीय पर्यटकहरू उल्लेखनीय संख्यामा जनकपुरधाम जनकपुरधाम आएको बताए । धर्म संस्कृतिप्रति आस्था राख्नेहरु नयाँ वर्षको सुरुवात पनि धर्मकर्म बाटै सुरु गर्न रुचाउने गरेको भारतीय श्रद्र्धालुहरू जानकी जीको शरणमा आउने गरेको उनले बताए ।

    भारतीय पर्यटकले जनकपुरका अधिकांश होटेल पनि भरिभराउ छन् । युवा उमेर समूहका बढी भारतीय युवाहरू जनकपुरमा आएका छन् । 

    उनीहरूका कारण अहिले होटेल भरिभराउ भएको जनकपुरका होटेल व्यवसायीहरू बताउँछन् । भारतको विहार राज्य सरकारले  रक्सी मदिराको विक्रिवितरण बन्द गरेकोले पनि धेरै जसो भारतीय युवा जनकपुरमा रमाइलो गर्न जनकपुर आउने गरेका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार