कैलाली । क्वारेन्टिनबाट घर फर्किएका घर फर्किएका एक व्यक्तिको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएकोे छ । उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टिनबाट आइतबार मात्रै घर फर्किएका थिए ।
उनलाई आरडीटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि आइतबार घर पठाइएको थियो । क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएको सार्वजनिक भएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय लम्कीको टोली पुगेको छ । उनी भारतबाट आएका थिए । र, १३ दिन क्वारेन्टाइनमा बसी आइतबार घर फर्किएका थिए ।